हाम्रो अवधारणा

नेचरालाइयन्स भनेको मानिसहरु जहाँ बस्छन् त्यहाँको प्राकृतिक श्रोत र सुविधाहरुको पुर्नस्थापन र स्थिरता कायम राख्न मार्गदर्शन गर्नको लागि हो

 

पृथ्वीको पारिस्थिकिय प्रणाली र तिनका श्रोतहरु

चन्द्रमाको नक्षत्र मार्गमा रहेको एपोलो ८ बाट देखिएको अर्थराइज © नासा
चन्द्रमाको नक्षत्र मार्गमा रहेको एपोलो ८ बाट देखिएको अर्थराइज © नासा

कल्पना गर्नुस कि पृथ्वी तपाईंको फैलिएको दुई हातबीचमा रहेको फुटबल हो। जमिन र पानीभन्दा माथि र तलको सतहलाई सहायता गर्ने 'इकोस्फेयर' औंलाको नङको मोटाई भन्दा पनि कम! त्यो कमजोर 'इकोस्फेयर' मा बोट बिरुवा, जनावर र अरु जीवहरुलाई समर्थन गर्ने जमिन, पानी र हावा सहितको एउटा सुन्दर मोशाको समावेश छ। हामी यो पारिस्थिकिय प्रणालीको एउटा भाग हौँ जहाँ वन, पहाड, घाँसेमैदान, मरभूमि, ताल, खोला र समुन्द्र समावेश भएका छन्। हामीलाई स्थिर राख्ने पृथ्वीको पारिस्थिकिय प्रणालीको स्वास्थ्य र स्रोतहरूमा हामी निर्भर छौँ।

पारिस्थिकिय प्रणाली भित्रका जीवहरु

स्वस्थ खेतियोग्य जमिन द ग्रे पारट्रिजको प्रमुख हो © मार्क भर्यनिक
स्वस्थ खेतियोग्य जमिन द ग्रे पारट्रिजको प्रमुख हो © मार्क भर्यनिक

अब कल्पना गर्नुहोस कुनै पनि पारिस्थिकिय प्रणाली भित्रको एउटा सानो जीवहरुको जनसंख्या ( बोट बिरुवा, जनावर, ढुसी अथवा अन्य सूक्ष्म जीव) जहाँ धेरै मात्रमा खाने कुरा र बस्ने बास छ र कम रोग, परजीबी र मृत्यु का अन्य कारण छैनन् | प्रयोगहरूले देखाएका छन् कि त्यस्ता जनसंख्याहरु बढ्छन् | ति जीवहरुले गुणा गर्न लिने समय तिनको आकारले फरक पार्छ, जस्तो कि ब्याक्टेरिया र अन्य साना बोट बिरुवाहरुको जनसंख्या केहि मिनेटमै दोब्बर हुन सक्छ तर हात्तीलाई भने एक दशक अथवा त्यो भन्दा बढी लाग्न सक्छ | अन्तत: त्यस्ता जनसंख्या स्रोत सिमितमा पुग्छन् र भोकमरीका कारण दुर्घटनामा पर्छन् | यधपी परिपक्क बोट बिरुवा र जनावरहरु प्रायगरी त्यसरी बढ्ने गर्दैनन् | केहि थोरै जीवहरु अझै वृद्धावस्थासम्म पुग्छन् | यसरी मृत्युले हामी सहित पारिस्थितिकी तंत्रका अन्य जीवहरुलाई जिबिका प्रदान गर्दछ |

पारिस्थिकिय प्रणालीमा हाम्रो प्रभाव

जनावरहरुलाई पाल्नु र खेती गर्नु भन्दा अघि मानिसहरु हजारौं वर्षसम्म सिकारीको रुपमा रहन्थ्ये। पछि आइस एजको अन्त्यतिर आउँदा कृषि व्यापक भयो जसको कारण मानव बस्तीको विकास गर्न र पछि बिस्तारै सहरतिर बढ्नका लागि एक स्थिर खाना आपूर्तिको उत्पादन हुन थाल्यो। पारिस्थिकिय प्रणाली र वातावरणलाई धेरै हानी पुराऊंदै मानविय बस्तीको विकास नाटकीय रुपमा बढ्दै गएकोछ। यदि त्यस्तो विकासले संकटपूर्ण थ्रेशहोल्डभन्दा बढी असर गरेमा पारिस्थिकिय प्रणालीले प्रभावकारी रुपमा काम गर्न बन्द गर्छ, परिणाम स्वरुप मानव जीवनशैलीको साथ-साथै प्रकृतिका अन्य पक्षहरूमा समेत समस्यागत असर पर्न सक्छ। ग्रामीण क्षेत्रमा यदी प्रणालीहरुको व्यवस्थापन राम्ररी गरिएन भने हाम्रा क्रियाकलापहरुले स्थानीय जंगली प्रजातिहरुको प्रयोग आवश्यकता भन्दा बढी हुन सक्छ। सहरमा हामी अन्त कतैको खेती गरिएको पारिस्थिकिय प्रणालीको तिब्र स्रोत उत्पादनमा निर्भर रहन्छौ। आधुनिक दुनियाँमा, केवल अल्पसंख्यक नगरिकहरुले मात्र के के प्रकिया संलग्न भएको छ भन्ने बुझ्छन् तर सहरी बहुमतले बनाएको कानुन प्रायगरी ग्रामीण क्षेत्रका समुदायहरुमा अलोकप्रिय हुने गर्छ। मानव जनसंख्या अहिले अभूतपूर्व स्तरमा रहेको अवस्थामा, विज्ञान र व्यावहारिक ज्ञान सहितको प्रयोग गरेर धेरै जना मिलेर गरेको र सूचित दृष्टिकोण बिना पारिस्थिकिय प्रणालीको क्षमता हानिकारक प्रभावहरुबाट जोगिन धेरै कठिन छ।