इनयुइटको परमपरागत ज्ञानले फ्र्यांकलिनको अभागी आर्कटिक यात्राको रहस्य समाधान गर्न सघायो
शासन प्रणाली भनेको मानिसहरुले समाजका काम कारबाहीको व्यवस्थापन गर्नु हो। यो केवल माथिल्लो सरकार मात्र होइन। तानाशाहमा बाहेक, अन्य सरकारलाई लोकप्रिय सहमतिको आवश्यकता पर्दछ जुन बिज्ञान र/अथवा अनुभवमा आधारित भएर सुसुचित हुनु पर्दछ। 'परम्परागत ज्ञान' प्रकृतिको लामो समयसम्मको अवलोकनबाट विकास हुन्छ जसलाई त्यस क्षेत्रको स्थानीयलाई प्रोत्साहन गर्न समानुभुतीका साथ शताब्दीदेखि व्यवस्थापन गरेर आइराखेका मानिसहरुले शासन प्रणालीमा बदल्छन्। जसरी त्यस्तो समग्र ज्ञानलाई दोहोराउन कठिन छ त्यसरी नै बहुमुल्य स्रोतहरु पनि दोहोराउन कठिन छ। 'आधुनिक ज्ञान', जसले विभिन्न क्षेत्रहरुमा अवलोकन गरेर तिनीहरुबीच तुलना र विभिन्न प्रयोग गर्छ त्यसले परिणाम शिघ्र आर्जन गर्छ जुन परिवर्तनको बेलामा महत्वपूर्ण हुन्छ। परिवर्तनशिल व्यवस्थापनले संरचित तरिकामा के ले काम गर्छ के ले गर्दैन भन्ने ज्ञानको मध्यमबाट सूचित निर्णय गर्न मद्दत गर्छ ।
प्रदुषण, जलवायु परिवर्तन र क्षमता भन्दा बढी माछा मार्नुले समुन्द्र तटमा देखिने चराहरु (सिबर्ड) खतरामा पर्छन् © मरिना रोजेल बेनिट्स डि फ्रान्को
आईयुसीयनले जनसंख्या, आकार र गिरावटको दरको आधारमा प्रजातिहरुको स्पष्ट अवस्था परिभाषित गर्नको लागि विश्वव्यापी रूपमा स्वीकार गरिएको प्रक्रिया अपनाएको छ। सही तथ्याङ्कको आधारमा यदी गिरावटको लगातार प्रमाण भएन भने, ति प्रजातिहरूलाई 'थोरै चासो' को रुपमा लिईन्छ जबकि त्यस्ता प्रजातिहरू जसको बयस्क जनसंख्या तिनको जीवनचक्र भन्दा आधाले (सामान्यतया चराहरुको लागि दुई दशक) घट्यो भने ति प्रजातिहरुलाई 'संकटासन्न' प्रजाति भनिन्छ। यदि प्रजातिहरुको संख्यामा गिरावट आउने कारण उल्ट्याउने तरिका पत्ता लागेमा सबै प्रजातिको अझ भनौ सबैभन्दा ठूलो प्रजातिको जनसंख्या छिटो दोब्बर हुन सक्छ र अझै धेरै बढ्न सक्छ। अधिकारीहरुले प्रजातिहरुको जनसंख्या गिरावटलाई उल्ट्याउन दुई वटा उपाय पत्ता लगाएका छन्, ति हुन्: सजाय र पुरस्कार।
संरक्षण र सजाय
पहिले पहिले डिएनए फोरेन्सिक्सको लागि रगत चाहिन्थ्यो तर अहिले सानो नमुना चाहिन्छ © यनट्राक लि.
आईयुसीयनले संरक्षित क्षेत्रको पनि वर्गीकरण गरेको छ जसमा त्यस्ता भूमिहरु छन् जहाँ मानिसहरुको धेरैजसो क्रियाकलापहरुलाई अनुमति दिईएको छ र त्यस्ता भूमिहरु पनि छन् जहाँ मानविय पहुँचलाई प्रतिबन्धित गरिएको छ। प्रजातिहरुको संरक्षणको स्तर पनि फरक फरक हुन्छन् जस्तै कुनै प्रजातिहरू प्रजननको बेलामा मात्र संरक्षित गरिन्छन्, कुनैलाई मार्न जहिले पनि निषेधित गरिएको हुन्छ, यति सम्म कि 'पशु अधिकारकर्मी' हरुले जनावरलाई पाल्न पनि रोक लगाउने इच्छा राख्छन्। यदि जन समुदायको समर्थन पाउने हो र नियम तोडिएको सजिलै पत्ता लगाइयो भने जस्तै: डियनए फरेन्सिकबाट, त्यस्तो संरक्षण कानुन पनि सफल हुने थियो प्रजातिहरुले स्थानीय समुदायमा उल्लेखनीय क्षति पूर्याए भने संरक्षण पनि कम प्रभावकारी हुन्छ विशेषगरी यदि नियम उल्लङ्घन गरिएका बिषयहरु सजिलै गोप्य राखिएको छ भने। यदि अपराध पत्ता लगाउने जोखिम कम छ भने कडा प्रतिबन्ध र सजायले अपराधीलाई रोक्दैन र स्थानीय समुदायहरूलाई पनि अलग गर्न सक्छ।
पुरस्कार र पुनर्स्थापन
फेयरवाइल्ड पहलद्वारा जंगली बिरुवा प्रमाणीकरण गरिएको © परम्परागत औषधि आइ यन सी
जहाँ जनावरहरुले समस्या पैदा गर्छन्, त्यहाँ केहि व्यवस्थापनले पनि स्थानीयको समर्थन जित्न सकिन्छ।पारिस्थिकिय प्रणालीहरू कायम राख्न र पुनर्स्थापना गर्न लामो समय सम्म स्थानीय प्रयासको आवश्यकता पर्दछ। कानुनले आवश्यक प्रयासलाई सङ्कलन गर्न सक्दैन र व्यवस्थापनमा प्रतिबन्धहरूले यो प्रयासलाई रोक्न सक्छ। यद्दपि, यदि जंगली प्रजातिहरूसँगको मूल्य हुन्छ र स्थिर रूपमा प्रयोग गर्न सकिन्छ भने वर्तमान र भावी सन्ततिका आवश्यकताहरु र आकांक्षाहरुलाई पनि पूरा गर्न सकिन्छ र स्थानीय समुदायहरुले पनि तिनको संरक्षण गर्छन् यदि कृषि र बार बाँधेरले उनीहरुलाई राम्रो आम्दानी दिईराख्छ भने।धेरै समस्याग्रस्त प्रजातिहरूको संरक्षणका लागि, दमन भन्दा इनामले राम्रो काम गर्दछ।मासु प्राप्त गर्ने र मूल्यवान शिकार अधिकारहरू बेच्नु बलियो इनाम हुन सक्छ जस्तो की बन्यजन्तु हेर्न पर्यटनले पारिस्थिकिय प्रणालीलाई बिना नोक्सान पुर्याई स्थानीय मूल्य दिन सक्छ। संरक्षणको लागि अन्य पुरस्कारहरू भनेको अनुशासनको लागि राज्यबाट भुक्तानी दिने र उत्तम अभ्यास गर्नेको लागि पुरस्कार प्रदान गर्ने हुन्।प्रकृति संरक्षणको लागि हालै मात्र गरिएको अन्तर्राष्ट्रिय सम्झौता भनेको जैविक विविधतामा सम्मेलन (कन्भेन्सन अन बायोलोजिकल डाईभरसिटि) हो जसले संरक्षण भन्दा दिगो प्रयोगलाई पाँच गुणा बढी उल्लेख गरेको छ।
परिवर्तनशिल प्रशासन
कुशल शासन परिस्थिति र प्रमाणको आधारमा परिवर्तनसंग समायोजित हुनु पर्दछ।उदाहरणको लागि: दिगो प्रयोग गर्नको लागि प्रशस्त मात्रामा रहेको प्रजातिहरु पनि दुर्लभ हुन सक्छ र संरक्षणको आवश्यकता हुन सक्छ तर त्यति बेला सम्म जब सम्म त्यसको प्रशस्त मात्रा कायम राख्न सकिन्छ त्यसैले दिगो प्रयोगबाट आउने लाभले पारिस्थिकिय प्रणालीको पुन: संरक्षणको लागि उत्प्रेरित गर्न सक्छ।यदि प्रजातिहरू सुरक्षा अथवा पर्यटन, अथवा घरेलू प्रजनन मार्फत पैसा आम्दानीको प्रतिमा बनिसकेका छन् भने मानिसहरुले नविकरण गरेको प्रयोगको विरोध गर्न सक्छन्।त्यहाँ प्रतिबन्धहरू र विस्तृत निगरानीको लागि माग हुन सक्छ जुन स्थानीय मानिसहरू सहयोग बिना पुरा गर्न सक्दैनन्।यद्यपि, जसले आफु बसेको जमिनको कदर र व्यवस्थापन गर्छ, उसले यदि सावधानीपूर्वक निर्देशित गरिएको खण्डमा, अरुको बन्यजन्तुको संरक्षण गर्ने इच्छा राख्नेहरु भन्दा सामान्यतया आफ्नो प्रकृतिको संरक्षण गर्न अधिक व्यावहारिक क्षमता राख्दछ।प्रतिबन्धहरू र विस्तृत निगरानीको लागि माग हुन सक्छ जुन स्थानीय मानिसहरू सहयोग बिना पुरा गर्न सक्दैनन्। यद्यपि, जसले आफु बसेको जमिनको कदर र व्यवस्थापन गर्छ, उसले यदि सावधानीपूर्वक निर्देशित गरिएको खण्डमा, अरुको बन्यजन्तुको संरक्षण गर्ने इच्छा राख्नेहरु भन्दा सामान्यतया आफ्नो प्रकृतिको संरक्षण गर्न अधिक व्यावहारिक क्षमता राख्दछ।कुशल शासनमा त्यसपछि कानुनी व्यवस्थाहरू समावेश हुन्छ जसले उत्तम अभ्यासहरू मार्फत संरक्षण बढाउन सक्छ र स्थानीय मानिसहरूलाई स्थिर रुपमा फेरि लाभान्वित गर्न सक्षम बनाउंछ। युरोपको परिषद (द काउन्सिल अफ युरोप) ले यी सिद्धान्तहरूलाई अनुरोध गरेर अपनाएको छ: प्रवासी प्रजातिहरुको संरक्षणको लागि सम्मेलन (द कन्भेन्सन अफ माईग्रेटरी स्पेसिज) ले आफ्नो र्याप्पटर्स यमओयु कार्यक्रममा लागु गर्नको लागि काम गरेको छ।